असार १५मा साढे पाँच करोडको दही बिक्री

असार १५मा साढे पाँच करोडको दही बिक्री

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १६, २०७७

काठमाडाैं । दहीचिउरा खाने दिनका रुपमा हेरिएको असार १५ गते  साढे पाँच करोड रुपैयाँ को दही बिक्री भएको छ । निजी क्षेत्रका डेरी व्यवसायी र सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संथान (डिडिसी) बाट पाँच करोड ४६ लाख ६० हजार रुपैयााँको दही बिक्री भएको जनाइएको छ ।

निजी क्षेत्रका दूग्ध व्यवसायको संस्था नेपाल डेरी एशोसिएशनबाट देशैभर चार लाख तीस हजार लिटर दही बिक्री भएको एशोसिएशनका महासचिव प्रल्हाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दाबन्दीका कारण गत वर्षको तुलनामा दहीको खपतमा कमी आए तापनि  तीन गुणा बढी खपत भएको छ ।   'गत वर्ष असार पन्ध्रका दिन मागअनुसारको दही पुर्‍याउन एक सातादेखि मौज्दात राख्नुपथ्र्यो तर बन्दाबन्दीका कारण यसपालि धेरै माग नभएको र मागअनुसार खपतमा सहज भयो,' उहाँले भन्नुभयो ।