सुनको अर्को रेकर्ड मूल्य

सुनको अर्को रेकर्ड मूल्य

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १७, २०७७

काठमाडौं । लकडाउनयता दैनिकजसो रेकर्ड कायम भइरहेको सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९बुधबार० छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेर ९१ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन अहिलेसम्मकै सर्वाधिक हो। हिजो छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम थियो।

यसअघि गत आइतबार तोकिएको सुनको मूल्य सर्वाधिक थियो। उक्त दिन छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको थियो।

तेजाबी सुनको मूल्य पनि प्रतितोला ९१ हजार २ सय ६५ रुपैयाँ कायम भएको छ। हिजो यसको मूल्य ९० हजार ७ सय ६५ रुपैयाँ कायम थियो। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९ सय ६० रुपैयाँ कायम गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।