ब्यारेक भवन उद्घाटन

ब्यारेक भवन उद्घाटन

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १७, २०७७

ललितपुर। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले  महानगरीय प्रहरी परिसर जावलाखेलको हाताभित्र नवर्निमित ब्यारेक भवनको आज उदघाट्न गर्नुभयो ।      राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा सो भवन निर्माण भएको हो । 

सो अवसरमा महानिरीक्षक ज्ञवालीले पीडा, अन्याय र अत्याचारमा परेका  नागरिकको सहयोगको लागि प्रहरी सधै साथमा रहेको बताउनुभयो । प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले दैनिक १२ घण्टा माथि काम मा व्यस्त हुने कतिपय प्रहरी कार्यालय भवनमा अझसम्म पनि खाने, बस्ने र शौच गर्ने राम्रो व्यवस्था नभएको बताउनुभयो ।
   
ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन र जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख नारायणप्रसाद भट्टले सो भवन निर्माण पश्चात् प्रहरीको काममा सहज हुने बताउनुभयो । प्रहरी निरीक्षक इञ्जिनीयर रोशन सारुले उक्त भवन निर्माणका लागि पहिलो चरणमा रु तीन करोड ८४ लाख २० हजार  र दोस्रो चरणमा रु चार करोड ४९ लाख ११ हजार ४२४ गरी कूल आठ करोड ३९ लाख १० हजार ३०९ खर्च भएको बताउनुभयो ।