चीनमा भारतीय मिडियामाथि प्रतिवन्ध

चीनमा भारतीय मिडियामाथि प्रतिवन्ध

लोकसंवाद संवाददाता  |  विदेश  |  असार १७, २०७७

एजेन्सी । सीमा विवाद चएिपछि भारतमा चीनको सामान प्रयोग नगर्ने अभियान चलेको छ । यो सँगै चीनले पनि भारतीय मिडियामा प्रतिवन्ध लगाएको छ ।

गत शुक्रबार भारतीय सरकारले चीनका थुप्रै एप्लिकेसनहरुमा प्रतिवन्ध लगाएको थियो ।

कारवाहीको प्रतिक्रिया जनाउँदै चीनले पनि भारतीय समाचारपत्र र वेभसाइटमाथि प्रतिवन्ध लगाएको छ ।

यस प्रतिवन्धमा भारतीय केबल नेटवर्क र भारतीय टिभी च्यानल९डिटिएच० पनि सामिल रहेको छ ।

चीनमा पछिल्ला २ दिनदेखि आइफोन र डेस्कटपसँगै एक्सप्रेस भीपीएनमार्फत हुने काम पनि रोकिएको छ ।