समृद्ध गैँडाकोटका लागि १३ आधार प्रस्तुत

समृद्ध गैँडाकोटका लागि १३ आधार प्रस्तुत

लोकसंवाद संवाददाता  |  समाज  |  असार १८, २०७७

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले समृद्ध नगर निर्माणका लागि १३ प्रमुख आधार अघि सारेको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख छत्रराज पौडेलले गरिबीमुक्त गैँडाकोटसहित आधार अघि सार्नुभएको हो  

नगर प्रमुख पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कोभिड १९ को जोखिम र यसबाट सिर्जित स्वास्थ्य समस्या न्यूनीकरण गर्नु पहिलो उद्देश्य भएको बताइएको छ । त्यस्तै कालीगण्डकी करिडोर, बिपी अन्तरराष्ट्रिय खेलग्राम, मनमोहन रङ्गशाला, स्मार्ट गैँडाकोट, शैक्षिक हब, निजी क्षेत्रको लगानीमा मौलाकालिका केबुलकार निर्माणलगायत प्रमुख आधार अघि सारिएको छ  । 

'बाँझो जग्गारहित नगर' नारा दिएर खेतीयोग्य जमीलाई प्लटिङ गर्न पूर्ण रुपमा निरुत्साहन गरिने, 'गैँडाकोटको पहिचानः स्वादिलो मकै' नारालाई व्यापकता प्रदान गर्ने तथा स्थानीयवासीको उत्पादन प्रवद्र्धन गरी रोजगारी बढाउन गैँडाकोट–३ का हर्दी र  ढोडेनी तथा वडा नम्बर १२ र १८ मा घरबास सञ्चालन गर्न प्रोत्साहनसहित बजेट छुट्याइएको छ ।