गैँडाकोट नगरपालिकाकाे बजेट ७१ करोड

गैँडाकोट नगरपालिकाकाे बजेट ७१ करोड

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १८, २०७७


नवलपुर । गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ७१ करोड ३२ लाख ४९७ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तुत गरिएको बजेट चालु आर्थिक वर्ष २०७६/०७७ भन्दा ६ करोड ६३ लाख रुपैयाँ २७ हजार रुपैयाँ बढी छ । नगर उपप्रमुख विष्णुकुमारी कँडेलले आगामी वर्षका लागि आयतर्फको आन्तरिक स्रोतमा नौ करोड ४० लाख ५० हजार रुपैयाँ तथा सङ्घ र प्रदेशबाट  अनुदान ६१ करोड ९१ लाख ५० हजार ४९७ रुपैयाँ प्राप्त हुने बताउनुभयो । 

आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि चालु खर्चतर्फ ११ करोड ६५ बजेट रुपैयाँ विनियोन गरिएको कँडेलले बताउनुभयो । त्यस्तै गैँडाकोट नगरपालिका वडानम्वर ३, १४ र १८ का लागि प्रतिवडा ८० लाखका रुपैयाँ दरले दुई करोड ४० लाख रुपैयाँ तथा बाँकी १५ वटा वडाका लागि प्रतिवडा ७० लाख रुपैयाँका दरले १० करोड ५० लाख रुपैयाँ गरी कुल १२ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।