गोदावरीका बजार तथा पसल बन्द गर्न व्यवसायीलाई आह्वान

गोदावरीका बजार तथा पसल बन्द गर्न व्यवसायीलाई आह्वान

लोकसंवाद संवाददाता  |  समाज  |  असार १८, २०७७

ललितपुर । गोदावरी नगरपालिकाले वडा नं १० कार्यालयदेखि वडा नं ११ झ्यालीपाटीसम्मका बजार तथा पसल बन्द गर्न व्यवसायीलाई सूचनामार्फत आह्वान गरेको छ । 

गोदावरी –११ चापागाउँ निवासी ६६ वर्षीय पुरुषमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै  नगरपालिकाले सो आग्रह गरेको हो  । नगरप्रमुख  गजेन्द्र महर्जनले भन्नुभयो, 'सङ्क्रमितका सम्पर्कमा रहेका व्यक्तिको आज स्वाब परीक्षण गर्ने कार्य भइरहेको छ । परीक्षणको रिपोर्ट नआउँदासम्म बन्दका लागि आग्रह गरेका हाैँ ।' 

कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गइरहेका अवस्थामा सम्पूर्ण नगरवासीलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन नगरपालिकाले अपील समेत गरेको छ ।