खुल्यो श्रम स्वीकृति

खुल्यो श्रम स्वीकृति

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १८, २०७७

काठमाडौं । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि सरकारले श्रम स्वीकृति दिन थालेको छ । अहिले दिने भनिएको श्रम स्वीकृति नयाँ नभएर पुनः श्रम स्वीकृति रिइन्ट्री हो ।

अहिले केवल विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको वैदेशिक रोजगार विभागले जानकारी गराएको हो । तर, नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् ।

कोभिड(१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो ।

अब वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुनः श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउनेछन् । काठमाडौंमा बिहीबारबाटै र उपत्यका बाहरिका प्रदेश श्रम कार्यालयबाट आइतबारदेखि सेवा दिन थालिनेछ ।

काठमाडौंको ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा सेवाग्रही लाइन बस्दा समाजिक दूरी कायम हुने गरी चिन्हरु कोरिसकिएको छ । अवस्था हेरेर श्रम मन्त्रालयले नयाँ कामदारको हकमा पनि निर्णय गर्न सक्नेछ ।