सामुदायिक विद्यालयमा अध्ययन गर्नेलाई साइकल

सामुदायिक विद्यालयमा अध्ययन गर्नेलाई साइकल

लोकसंवाद संवाददाता  |  समाज  |  असार १८, २०७७

नवलपरासी । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत  नवलपरासी ९बर्दघाट –सुस्ता पश्चिम० स्थित सरावल गाउँपालिकामा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुप साइकल प्रदान गरिएको  छ । गाउँपालिकाका १० सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरीब र विपन्न समुदायका ५५  जेहेन्दार छात्रछात्रालाई साइकल प्रदान गरिएको गाउँपालिकाले जनाएको  छ  ।

शिक्षामा छात्रछात्राको पहुँचमा थप सहजता पु¥याउने उद्देश्यले  सबै विद्यालयबाट  जेहेन्दार विद्यार्थी छनोट गरी साइकल वितरण गरिएको  गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत  प्रदेश सरकारले उपलब्ध गराएको विशेष अनुदान कार्यक्रमबाट गाउँपालिकाले साइकल प्रदान गरेको हो ।