बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन

बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन

लोकसंवाद संवाददाता  |  विदेश  |  असार १९, २०७७

एजेन्सी । बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको ७१ बर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ ।  उहाँले हवा हावाइ, ढक ढक र एक दो तीनलगायतका दर्जनौ चर्चित गितको नृत्य निर्देशन गर्नुभएको थियो । उहाँ बलिउडमा झण्डै चार दशक सक्रिय हुनुभएको थियो । 

तीन पटक राष्ट्रिय अवार्ड विजेता खान पछिल्लो केही समयदेखि अस्वस्थ हुनु भएको थियो । उहाँलाई गत जुन २० मा गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई कोरोना परिक्षण समेत गरिएपनि संक्रमण भने नदेखिएको चिकित्सकहरुले बताएका छन् । 

“उहाँको गएराती २।३० मा अस्पतालमै निधन भयो,” खानका भान्जा मनिष जग्वानीले पिटिआईसँग भन्नुभयो । खानका एक छोरा राज खान र छोरी सुकैना खान रहेका छन् । उहाँको निधनप्रति भारतका सयौँ कलाकार र लाखौँ शुभेच्छुकहरुले दुःख व्यक्त गरेका छन् ।