ट्रक दुर्घटना

ट्रक दुर्घटना

लोकसंवाद संवाददाता  |  अपराध  |  असार १९, २०७७

 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ९ जुरे नजिक कल्लेमा स्थानमा आज बिहान ट्रक दुर्घटना हुँदा चालक र सहचालक सामान्य घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचार भइरहेको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।
    
बाह्रबिसेबाट लामोसाँघुतर्फ आइरहेको ना३ख ४५५५ नंको ट्रक सडकबाट करिब ४० मिटर तल सुनकोशी नदीको बगरमा पल्टिएको छ । प्रहरीले तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने जनाएको छ ।