विप्लव समूहलाई वार्तामा आउन देउवाको आग्रह

विप्लव समूहलाई वार्तामा आउन देउवाको आग्रह

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २, २०७५

पाल्पा । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गर्नुभएको छ ।

प्रेस युनियन पाल्पा शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले हत्याहिंसाको राजनीति गरेर कहिपनि पुग्न नसकिने बताउँदै वार्तामा आउन आग्रह गर्नुभएको हो । उहाँले विप्लवलाई सहमतिमा ल्याउन सरकारले वार्ता प्रयास थाल्नुपर्नेसमेत बताउनु भयो । 


सञ्चारकर्मीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने पक्षमा नेपाली कांग्रेस हो ? भनि जिज्ञासा राखेकोमा देउवाले संविधानमा  भएको ब्यवस्थालाई कांग्रेसले मान्ने बताउनु भएको थियो ।

सभापति देउवाले सरकार प्रेस माथि अंकुश लगाउने कार्यमा उद्त रहेको आरोप लगाउँदै त्यो आफूहरुलाई सैह्य नहुने बताउनु भयो ।