आइतबारदेखि पुनः शुरु  हुँदै प्रदेश अस्पतालको ओपिडी सेवा

आइतबारदेखि पुनः शुरु  हुँदै प्रदेश अस्पतालको ओपिडी सेवा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार २०, २०७७

सुुर्खेत । विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण पुष्टिभएपछि बन्द भएको यहाँस्थित प्रदेश अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) पुनः शुरु हुने भएको छ ।

दश दिनदेखि बन्द ओपिडी सेवा भोलि (आइतबार) देखि सञ्चालन हुने अस्पतालले जनाएको छ । अस्पतालमा कोभिड–१९ का सङ्क्रमितहरुको उपचार तथा व्यवस्थापकीय नेतृत्व गर्ने चिकित्सकसहितका नौ स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको थियो । उनीहरु प्रदेश अस्पतालकै कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका छन् । अस्पतालका निर्देशक डा डम्बर खड्काले यही असार ११ गतेदेखि बन्द ओपिडी सेवा भोलिदेखि सञ्चालन गरिने जानकारी दिनुभयो ।