तीन दिनदेखि सुनको मूल्य स्थिर

तीन दिनदेखि सुनको मूल्य स्थिर

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २१, २०७७

काठमाडौं । लकडाउनयता दिनहुँजसो बढेको सुनको मूल्य तीन दिनयता स्थिर देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९आइतबार० छापावाल सुन प्रतितोला ९० हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारयता सुनको मूल्य स्थिर देखिएको छ।

तेजाबी सुनको मूल्य पनि ९० हजार ६५ रुपैयाँमा यथावत छ। यस्तै, चाँदीको मूल्य पनि ९ सय ४० रुपैयाँमा स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

लकडाउनअघि ९चैत १०० गते प्रतितोला ७७ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य गत बुधबार अहिलेसम्मकै सर्वाधिक ९१ हजार सात सय रुपैयाँ पुगेको थियो। त्यसयता सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ घटिसकेको छ।