पशुपतिनाथमा सुनको महल, देवराजको पाहुना हुनपुगें म

विज्ञान कथा भाग- २

पशुपतिनाथमा सुनको महल, देवराजको पाहुना हुनपुगें म

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  चैत्र २, २०७५

तिम्रो जे इच्छा वत्स । 

यो के हामी त बौद्धनाथमा थियाैं, अहिले बद्रीनाथमा पौ छौँ । जेष्ठ महिना बद्रीनाथमा दर्शनार्थीहरूको घुँइचो छ ।  शीतकालपछि केही दिनअघि मात्र मन्दिरको कपाट खोलिएका हुन् । सायंकालिन आरतीको बेला भएको छ । प्रमुख मन्दिर दर्शन हेतु भक्तजनहरूको लामो लाम लागेको छ । हामी तीनैजना लाममा नलागेर सोझै गइरहेका छौँ । लाममा भविष्यमा हुने मेरा मित्र अमृतानन्द गिरी र गोपाल पुरी उभिइरहेका थिए । हामी सोझै मन्दिर प्रवेश गर्यौं, वद्रीविशाल भगवानको दर्शन गर्यौँ । फर्किँदा बाटोमा एकजना पण्डाले चिया पिउने आग्रह गरे । उनको घरमा गई चियापान गर्यौँ, हिँड्ने बेलामा उनले हामीलाई ५१ रूपैँयाँ जनही दक्षिणा प्रदान गरे । 

पण्डाजीको घरबाट हामी बाहिर के आएका थियौँ, सोझै बौद्धनाथ आइपुग्यौँ। हामी घोर आश्चर्यमा थियौँ, देवराजले पण्डाले दिएको दक्षिणाको ५१ रूपैयाँ मलाई दिँदै भन्नुभयो, ‘यो तिमी राख, भविष्यमा यो दक्षिणा नै तिम्रो वृत्ति हुनेछ।’

मैले घडीमा समय हेरेँ, एक मिनेट पनि व्यतीत भएको थिएन, जबकि हामीले बद्रीनाथमा कम्तीमा पनि तीनघण्टा समय व्यतीत गरेका थियौं ।

होइन देवराज, हामीले बद्रीनाथमा कम्तीमा पनि तीनघण्टा समय व्यतीत गरेका थियौँ। घडीले त एक मिनेट मात्र व्यतीत भएको सूचना दिइरहेको छ । 

आखिर तिमी देवर्षि नारदकै सहोदर हौ । जिज्ञासा, शङ्का तिम्रो प्रवृति नै हो, देवराज पृथ्वीको पत्रकारमाथि व्यङ्ग्य गर्ने अवसरबाट किन चुक्नुहुन्थ्यो ।

तिमीले विज्ञान पढेका छौ, अहिले यो विज्ञान बुझ्ने तिम्रो पात्रता नहुनसक्छ तर मलाई स्पष्ट थाहा छ, तिमी भविष्यमा विज्ञान लेखक हुनेछौ । अमेरिकाको हुनेवाला ४५ औँ राष्ट्रपतिलाई तिमीले

विज्ञानको सिक दिएर पृथ्वीको मुहार फेर्ने चेष्टा गर्ने छौ ।

क्षमा गर्नुहोला प्रभु ! मैले आफ्नो प्रश्नको जवाफ पाइनँ ।

म तिमीलाई पृथ्वीकै विज्ञानबाट जवाफ दिन्छु । मैक्स प्लांक भन्ने वैज्ञानिकले समय र दूरीको स्थिरांक पत्ता लगाएका थिए, जसअनुसार सबभन्दा सानो दूरी १.६१६१९९ह१०–३५  ‘पिक्सेल’ हुन्छ र समय ५.३९१०६ ह१०–४४ सेकेण्ड हुन्छ । पृथ्वीमा यो भन्दा सानो समय र दूरी हुन सक्दैन । हामी देवताहरूका लागि सबै दूरी र समय यही  स्थिरांकबाट प्रारम्भ हुन्छ । तिमी सरल भाषामा यसरी बुझन सक्छौ, हाम्रो लागि पृथ्वीमा न कुनै दूरी छ न समय ।

प्रभो, मेरो त ‘भेजा फ्राई’ भयो, यदि हजुरले यसलाई मेरो अशिष्टता ठान्नुहुन्न भने मलाई चुरोट खाने अनुमति दिनुहोस् ।

अनुमति मात्र होइन, म त तिमीलाई जीवनभरि पैसा र स्वास्थ्य दुबैले चुरोट खान पुगोस भन्ने आशीर्वाद पनि दिन्छु । एकजना कविलाई चुरोट खान नदिएकाले एकचालीस वर्षको निर्वासन भोग्नु पर्यो आफ्नै राज्यमा । अहिले त झन् पशुपतिनाथको नगरीमा छु भनी देवराजले खित्का छाड्नुभयो । 

ओहो ! समस्या तिम्रो धर्म ‘टिचिङ्ग’ को पो रहेछ । हेर हिन्दू धर्मको स्वर्ग र देवी, देवता छन र छैनन्, दुवै ‘स्टेट’ मा हुन्छन् । तिमीले आव्हान नगरुन्जेल ‘गड इज नट एक्जिष्ट’ र आव्हान हुनासाथ ‘गड प्रेजेन्ट’ हुन्छन् । कस्तो बकम्फुसे कुरा गर्छौ, आफैँ स्वयं देवराजको पाहुना छौ र देवराज नै ‘एक्जिष्ट’ गर्दैनन् भन्छौ । ‘दिस इज द वेसिक डिफरेण्ट विट्वीन हिन्दू रिलिजन एण्ड अदर्स ।’

त्यसो भए त देवराज हजुरले पनि पशुपतिनाथको प्रसाद ग्रहण गर्नुपर्यो भनी मैले चुरोट टक्र्याएँ । हामी दुबैले चुरोट सल्कायौँ । 

हामी चुरोटमा व्यस्त भएपछि मेरी मित्र हालिनाले भनिन्, ‘लर्ड, के ‘कामबाट राममा’ पुग्न सकिन्छ ?’

अवश्य पुग्न सकिन्छ, कामबाट मात्र होइन, सबै मार्गको अन्तिम गन्तव्य राम नै हो । तर जसरी सबै मार्गमा ‘लवेरियन’ छन्, काम मार्गमा पनि छन् । तिमी पुर्वजन्ममा काम र प्रेमकै वशीभूत भएर चुकेकी होइनौ ?

हो ‘लर्ड !’ पति, आफ्ना सन्तान, राज्य सबैलाई त्याग्न सके पनि यिनको पे्रमपाशबाट निर्बन्ध हुन सकिनँ । यस जन्ममा मेरो मुक्ति कसरी हुन्छ ?

मुक्त त तिमी सधैँ छौ, बन्धन त तिमी आफैँ निर्माण गछ्र्यौ । बन्धन निर्माण गर्न छाडिदेऊ, निर्वाण त सधैँ उपलब्ध छ । अहिलेको क्षणमा तिम्रो प्राणान्त हुने हो भने तिमी परम्मुक्तिलाई उपलब्ध हुन्छ्यौ ।

त्यसो भए कर्म बन्धनको प्रावधान के हो ? मित्रले सोधिन् 

कर्म बन्धनको जालो अनन्त छ, अनेक नियम छन, सिद्धान्त छन्, साथै न कर्म छ न कर्म वन्धन न कुनै नियम न त सिद्धान्त नै ।

प्रभु, आत्माको स्वरूप कस्तो छ ? 

हेर आत्माको कुनै स्वरूप छैन । र फेरि सबै स्वरूप आत्माकै हुन् । समस्या के भने मानव मस्तिष्क ‘एब्स्योल्युट’ बुझ्न चाहन्छ, ‘कंक्रिट’, ‘फिक्स’, ‘रेडिमेड’ उत्तर चाहन्छ तर प्रकृति भने सतत् गतिशील छ । गति नै प्रकृति हो, परिवर्तन हो, परिवर्तन नै गति हो । सबैकुरा शाश्वत छन्, फेरि नित्य नूतन छन् । यो शाश्वत र नित्य नूतनको भेद बुझ्ने प्रयास गर, ‘एब्स्योल्युट’ खोज्नुको सट्टा सङ्केत बुझने क्षमता विकसित गर ।

ओहो ! यो के ? यहाँ त समय कुदिरहेको थियो । तीन घण्टा बितिसकेको थियो । मैले कुराको क्रम मोड्दै भने, मलाई लाग्छ हजुर भोलि स्वर्ग प्रस्थान गर्नुहुन्छ । यसरी जिज्ञासामा समय बिताउनुभन्दा हजुरबाट केही ‘प्रैक्टिकल’ ज्ञान ग्रहण गर्न पाए हुन्थ्यो ।
मेरी महिला मित्रले पनि मेरो प्रस्तावमा सहमति दर्शाइन् ।

ठीक छ, म तिमीहरूलाई तन्त्रको तत्वबोध गराउँछु, यसका लागि स्थल चाहिन्छ, ठमेलको ‘गेष्टहाउस’ यसका लागि उपयुक्त हुन्न । 

हे देवराज, मेरो चाहनामा कुनै दोष भए क्षमा गर्नुहोला । मैले ‘अटोबायोग्राफी अफ योगी’ पुस्तकमा पढेको थिएँ, महावतार बाबाले लाहिडी महाशयलाई सुनको महल बनाएर क्रियायोगमा दीक्षित गरेका थिए, यदि यो सत्य हो भने हजुरका लागि पनि यो असम्भव छैन । मैले एकपटक सपनामा पशुपतिनाथ पछाडी बागमती नदीमाथि हावामा बनेको महलमा रहेर शिव साधना गरेको थिएँ । हजुरको अनुकम्पा भए मेरो यो सपना यथार्थमा रूपान्तरित हुने थियो ।

तिम्रो यही स्मरण शक्ति र वाक्पटुताले नै स्वामी चन्द्रेशले तिमीलाई ब्राह्मण भन्नुहुन्छ । तिम्रो यस अपूर्व चाहनाले मेरो पनि भगवान पशुपतिनाथको पूजन गर्ने अभिलाषा पूर्ण   हुन्छ । म स्वर्गको आफ्नो महलको अतिथि कक्ष नै  तिमीले भनेको स्थलमा आह्वान गरिदिन्छु । यस कक्षमा समय पनि ‘प्लाङ्क टाइम’ भन्दा पारिको हुन्छ । तिमीले अब समयको चिन्ता लिइराख्नु पर्दैन । अब हामी तिम्रो सपनाको महलको लागि प्रस्थान गर्छौँ । 

अनुपम, दिव्य, अलौकिक महलमा छौँ हामी, सुनैसुनको महल । चारैतिर अद्भूत प्रकाश, मूर्तिवत उभिएका परिचारिका । इन्द्रले भन्नुभयो, यस महलमा सबैकुरा तिमीले इच्छा गर्नासाथ पूर्ण हुन्छन् । सबै कुरा ‘सुपर स्टेट पोजिसन’ मा रहन्छन्, इच्छा भएमा मात्र प्रकट हुन्छन् । कुनै यस्तो इच्छा नगर्नु, जसले पृथ्वीलोकको ‘क्वाण्टम’ लाई बाधा पुगोस्, देवराजले सम्झाउदै भन्नुभयो ।
त्यसो भए अहिले के हामी प्रथ्वीभन्दा फरक ‘क्वाण्टम’ मा छौँ ? यहाँ के पृथ्वीका नियमले काम गदैन ?

हो वत्स, तिम्रो ब्रह्माण्डकै नियमले यहाँ काम गर्दैन । यस महलको एकएक अणु चेतन छ, प्रत्येक अणुमा ब्रह्माण्ड निर्माणको क्षमता छ । तिम्रो पृथ्वीको एउटा सूर्य छ, यहाँका एकएक अणुमा हजारौं सूर्यको सामथ्र्य निहित छ । 

हे देवराज, मेरो मस्तिष्क शून्यता अनुभव गरिरहेको छ । कतै हजूरलाई पहिलो दिनको भेटदेखि अहिलेसम्म म सपनामा त छैन ? 

वत्स, यो अनुभूति तिमी आफैँले गर्नेछौ, अहिलेलाई यो चिन्ता नलेऊ, बरु तिमीहरू थाकेका छौ । अहिले विश्राम गर । विश्राम पश्चात् हामी पुनः भेट्छौं । 
प्रभु, कतै सुतेको सुत्यै भइयो भने त ... समय नै समाप्त हुन्छ...।

तिमी अहिले समयमा छैनौ, कालमा छैनौ, स्थानमा छैनौ, दूरीमा छैनौ । तिमी यहाँ जति बसे पनि पृथ्वीमा समय जेष्ठ १८ नै हुन्छ, जुन दिन हामी बौद्धनाथ भ्रमण गर्न गएका थियौँ । जेष्ठ १९ मा मैले पनि पृथ्वीबाट प्रस्थान गर्नुछ । तसर्थ निष्फिक्री भएर आनन्द लेऊ । 
म र मेरी जर्मन मित्र अचम्मित थियौं, हामी दुवैले ‘लेट्स नट थिङ्क, इन्ज्वाय इट’ सहमति गर्‍यौँ । उनले केही खाने इच्छा प्रकट गरिन् । तत्क्षण एउटा परिचारिका उपस्थित भएर सोधिन् –

‘हजुरहरू के खान मन पराउनुहुन्छ, हजुरले चाहेका यावत् परिकार प्रस्तुत गर्न म आफ्नो अहोभाग्य ठान्नेछु ।’ 

हामीले प्रारम्भमा ‘मसरुम सुप’ दिन आग्रह गर्‍यौँ । हामी भएको ठाउँमा तत्क्षण एउटा टेवुल प्रकट भयो, परिचारिकाले हातको इशाराले हामीलाई टेवुलको वरिपरि सजाइएको कुर्सीमा वस्न आग्रह गरिन् । हावाबाट टेवुलमा हाम्रा लागि ‘सुप’ आइपुग्यो ।

‘सुप’ खाएपछि मैले मित्रलाई मलाई त पुग्यो, तपाई अरू केही खानुहुन्छ ? भनेर सोधेँ । उनले पनि ‘इट्स इनफ’ भनी जवाफ फर्काइन् । त्यसो भए हामी अव सुताँै कि ? उनले मेरो प्रस्ताव स्विकार्दै हुन्छ भनिन् । 

तत्क्षण परिचारिकाले हातको इशाराले हामीलाई हिँड्न आग्रह गरिन् । चार पाइला नहिँड्दै शयनकक्ष पुग्यौँ । बुझ्नै गाह्रो भयो– हामी शयनकक्षतिर हिँडेका थियौँ कि शयनकक्ष आफैँ हिँडेर हाम्रो नजिक आइपुगेको थियो । शयनकक्ष सवै सुविधाले सम्पन्न थियो । ताजा गुलावको मन्द–मन्द वासना व्याप्त थियो । मैले बुझिसकेको थिएँ, शयनकक्ष मेरी जर्मन मित्रको रुचि बमोजिम सजिएको थियो । उनी ‘जम्प’ गर्दै ‘बेड’ मा पुगेर लडिबुडी गर्न थालिन् । म भने दिनभरिको थकान मेट्न बेडको एक छेउमा शवासनमा पल्टेँ । केही क्षणपछि उनले भनिन् – मलाई त समस्या भयो ।

के समस्या ? स्वर्गलोकको शयन कक्षमा पनि तिमीलाई समस्या पर्‍यो ?, मैले जीवनमा बिहे नगरेर ठीकै गरेछु ।

ठट्टा होइन, ‘रियल्ली’ म घोर समस्यामा छु । तिमीलाई थाहा छ, म सुत्ने बेलामा लुगा नलगाई सुत्छु । लुगा लगाएर मलाई निद्रा नै आउँदैन, म के गरौं ? म सुतिँन भने तिमी पनि सुत्न पाउँदैनौ ।
लुगा फुकाल्न तिमीलाई के समस्या भयो र ?

प्रभो, मेरो त ‘भेजा फ्राई’ भयो, यदि हजुरले यसलाई मेरो अशिष्टता ठान्नुहुन्न भने मलाई चुरोट खाने अनुमति दिनुहोस् । अनुमति मात्र होइन, म त तिमीलाई जीवनभरि पैसा र स्वास्थ्य दुबैले चुरोट खान पुगोस भन्ने आशीर्वाद पनि दिन्छु । एकजना कविलाई चुरोट खान नदिएकाले एकचालीस वर्षको निर्वासन भोग्नु पर्यो आफ्नै राज्यमा । अहिले त झन् पशुपतिनाथको नगरीमा छु भनी देवराजले खित्का छाड्नुभयो ।


ओहो ! समस्या तिम्रो धर्म ‘टिचिङ्ग’ को पो रहेछ । हेर हिन्दू धर्मको स्वर्ग र देवी, देवता छन र छैनन्, दुवै ‘स्टेट’ मा हुन्छन् । तिमीले आव्हान नगरुन्जेल ‘गड इज नट एक्जिष्ट’ र आव्हान हुनासाथ ‘गड प्रेजेन्ट’ हुन्छन् ।कस्तो कुरा गर्छौ ? नयाँ ठाउँ, नयाँ परिवेश जताबाट जहाँपनि अनेकौं सेवक सेविका छन्, यस्तोमा एउटा महिलाले लुगा फुकालेर कसरी सुत्ने ?

कस्तो बकम्फुसे कुरा गर्छौ, आफैँ स्वयं देवराजको पाहुना छौ र देवराज नै ‘एक्जिष्ट’ गर्दैनन् भन्छौ ।

‘दिस इज द वेसिक डिफरेण्ट विट्वीन हिन्दू रिलिजन एण्ड अदर्स ।’

ल म तिमीलाई पृथ्वीको ‘लेटेस्ट’ भौतिकीबाट बुझाउने प्रयास गर्छु । कण ‘इनर्जी’ को ‘भाइब्रेसन’ हो । ‘क्वान्टम–ली वेभ’ का रूपमा कण सधैँ ‘सुपर स्टेट पोजिसन’ मा उपस्थित हुन्छन् । पदार्थका रूपमा तब मात्र प्रकट हुन्छन्, जब कोही दृष्टा हुन्छ, अथवा कुनै ‘बाँडी सेन्सस’ द्वारा सम्पर्कमा आउँछन् । याद गर, हामीले हेरेको त्यो फिल्म ‘ब्लीप’ । त्यसरी नै यहाँ स्वर्गको यस कक्षमा सबै कुराको चाबी हाम्रो इच्छा हो । हामीले कुनै इच्छा नगरेसम्म न यहाँ कोही आउछ न यहाँ कोही छ ।

‘ओ ! आइ सी, यू आर परफेक्ट्ली करेक्ट, बट हाउ यू डिफाइन इट ?’

‘इट्स सो सिम्पल’ म धेरै पटक पहिला पनि स्वर्गमा आइसकेको छु, मैले विनोदपूर्ण स्वरमा भनेँ ।

उनले मलाई आफुतिर तानेर धेरैवेर चुम्बन गरिरहिन्, त्यसपछि हामी सुत्यौँ । मेरो मित्रले सपना देखिन् कि देखिनन् थाहा भएन तर मेरो सपनामा भने देवराज आउनु भयो र मलाई ब्रम्हाण्ड निर्माण प्रकृयाका जटिल रहस्यहरू बुझाउनुभयो ।

कति सुतेको तिमी त ! मेरो मित्रले मलाई घचघच्याउदै निद्राबाट व्युँझाइन् । उनी त नुहाएर तयार भइसकेकी रहिछन् । रेशमी वस्त्रमा उनी फरक देखिएकी थिइन् । अनि उनी भन्दै गइन्, मैले नुहाउने इच्छा गर्दा दुईटा अप्सराले आएर ‘स्वीमिङ पूल’ मा लगे उनीहरूले नै नुहाइदिए, खुबै जलक्रीडा गर्‍यौं । ‘पूल’ बाट बाहिर आउँदा अप्सराहरू मेरा लागि वस्त्र लिएर उपस्थित थिए । सारा श्रृङ्गार उनीहरूले नै गरिदिए । उनी हर्षले फुरुङ्ग थिइन् । ल, छिट्टै तिमी पनि ‘फ्रेश’ होऊ, अनि देवराजलाई भेट्न जानुपर्छ ।

 मैले चुरोट सल्काउँदै भनेँ, ‘वेवकुफ कुरा नगर, तिमी एउटा ब्रम्हलाई यो गर र त्यो गर भन्छ्यौ ? मेरा सारा इच्छा, सङ्कल्प मात्रले पूरा हुन्छन । स्वर्गमा परिश्रम हुन्न बालिके ! यो भोगभूमि हो, कर्मभूमि होइन ।’

‘तिमी हिन्दूहरूसँग शब्द नै बढी हुने, जहाँ मौका पायो कि कल्पनाको घोडा उडाउन थालिहाल्ने’ – उनले कटाक्ष गर्दै भनिन् ।

प्रिये ! तिमी अहिले जहाँ छौ, त्यहाँ कल्पना र यथार्थमा भिन्नता छैन । बुझ कि कल्पना नै यथार्थको जननी हो – ल हेर म ‘फ्रेश’ भएको कल्पना गरेर बसिबसी ‘फ्रेश’ भएर देखाउँछु तिमीलाई । अर्को क्षण म पूर्णरूपेण ‘फ्रेश’ भइसकेको थिएँ, तनमा पीताम्वर सुशोभित भइरहेको थियो । मेरो मित्रले म नजिक आएर ‘यू डिजर्भ इट’ भन्दै अङ्कमाल गरिन् ।

अब हामी देवराजलाई भेट्न जाने कि ? उनले भनिन् ।

हामी देवराजलाई खोजेर कतै भेट्न सक्दैनौँ ! हामीले उहाँको आव्हान गर्नुपर्छ । हामीले संयुक्त रूपमा देवराजप्रति वन्दना गर्दै दर्शन दिने विन्ति गर्नासाथ उहाँ उपस्थित हुनुभयो । हामीले दण्डवत् प्रणाम गर्‍यौँ । 

कस्तो अनुभव भइरहेको छ तिमीलाई नीलोत्तमा ?

म हर्षले केही सोच्ने स्थितिमा छैन देवराज ! मात्र विस्मय नै विस्मयले आपुरित छु ।

विस्मय प्रकृतिको अप्रितम भेट हो मनुष्यलाई, तर मनुष्यले बुद्धिलाई सर्वोपरि ठान्यो र प्रकृतिका रहस्यबाट विमुख हुँदै गयो । तन्त्रविद्याको त महत्वपूर्ण सोपान हो विस्मय । तिम्रो यस अवस्थाले तिमी तन्त्रविद्या आर्जन गर्नलाई परिपक्व भएको बोध गराउँछ । लौ जाऊँ भगवान पशुपतिनाथको प्रदक्षिणा गरेर दैनिकी प्रारम्भ गरौँ ।

हामी बसेकै ठाउँबाट पशुपतिनाथको पश्चिम ढोकासम्म पुग्ने रेलिङ नभएको, आधार नभएको पुल भन्ने कि प्यासेज दृष्टिगोचर भयो । हामी त्यसबाट हिँडेर सोझै मन्दिरभित्र पस्यौँ । त्यहाँ भट्टले हाम्रा लागि पूजनको सबै सामग्री जुटाएर राखेका थिए । देवराजले स्वयं देवविधिले मन्त्रोच्चारण गर्दै पुजन प्रारम्भ गर्नुभयो ।

अब देवराजको स्तुति होस् र भगवान चन्द्रमौलिश्वरको विग्रह चेतन नहोस, कसरी हुन सक्थ्यो ?! स्वयं शिवजी उपस्थित भएर हाम्रो पूजन स्वीकारिराख्नुभएको थियो । जर्मन मित्रका आँखाबाट अश्रुधार प्रवाहित भईरहेको थियो, मानौँ उनी अश्रुले महादेवको अभिषेक गरिरहेकी थिइन् वा आफ्नो जन्मजन्मको कलुषता यस दिव्य क्षणमा तिरोहित गर्न प्रभू अनुकम्पाले प्रेरित भइरहेकी थिइन् । स्तुति सम्पन्न भएपछि हामीले मन्दिरको गर्भमा प्रवेश गरी महादेवलाई नमन गर्‍यौँ । जेष्ठ १८ को त्यो सांयकालमा हाम्रा अतिरिक्त अन्य कसले साक्षात् शिव दर्शन गर्न पाए, त्यसबारे केही जानकारी पाउन सकिएन । तत्पश्चात मन्दिर परिक्रमा गरी हामी अघिकै बाटो फर्कियौँ ।

याे पनि

स्वर्गदेखि ठमेलको कफिसपसम्म