खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग

खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग

लोकसंवाद संवाददाता  |  समाज  |  असार २१, २०७७

मार्तडी । जिल्लामा सामाजिक क्षेत्रमा कार्यरत गैरसरकारी संस्था सहयोगी हातहरुको समूह ‘साहस’ ले तीन स्थानीय तहमा राहत र स्वास्थ्य  सामग्री सहयोग गरेको छ । 

सो संस्थाले कोभिड–१९ बाट प्रभावित बडिमालिका नगरपालिका तथा गौमूल र खप्तड छेडेदह गाउँपालिकाबासी खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरिएको जनाएको छ ।  लिफ्ट परियोजना संयोजक देशीन्द्र राईले ती स्थानीय तहका ३९० जनालाई खाद्यान्न सहयोग गरिएको जानकारी दिनुभयो । संस्थाले शनिबार राहत वितरणको पारदर्शिताका लागि सार्वजनिक तथा समीक्षा गोष्ठीे आयोजनासमेत गरेको थियो । 

सो नगरपालिकका नौ वटै वडामा रहेका दलित ६५, जनजाति सात र अन्य ७८ परिवार गरी  १५० परिवारलाई ३० केजीका दरले चामल, नुन र चिनी दुईदुई केजी, तेल दुई लिटर र साबुन दुई थान  वितरण गरिएको थियो ।