विद्युत् सेवा अवरुद्ध

विद्युत् सेवा अवरुद्ध

लोकसंवाद संवाददाता  |  समाज  |  असार २१, २०७७

मार्तडी । जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्र अवरुद्ध बनेको छ । अविरल वर्षाका कारण बाउली खोलाले विद्युत्को नहर भत्काएपछि सेवा अवरुद्ध बनेको विद्युत् सञ्चालक समितिका अध्यक्ष अशोक रावलले बताउनुभयो ।    

वर्षा निरन्तर रुपमा परिरहेकाले मर्मत गरी सञ्चालन गर्न समस्या भएको उहाँले जानकारी दिनुभयो । शुक्रबार राति आएको वर्षाले अवरुद्ध बनाएको विद्युत् सेवा मर्मत गरेर पुनः सञ्चालन गरिएको भए पनि मध्यराति बाउली खोलामा बाढी आएर बगाएपछि विद्युत् सेवा नै बन्द भएको थियो । पटकपटक अवरुद्ध हुँदा सेवाग्राही हैरान बनेका छन् । विद्युत् अवरुद्ध हुँदा जिल्लामा सञ्चालन हुँदै आएका रेडियो, अनलाइन पत्रिका र अन्य दैनिक काम ठप्प बनेका छन् ।