हजुरबुवाले लेखेको ‘बादलमा बुट्टा’ बोलको गीत नाति अग्रज भट्टराईद्वारा सार्वजनिक (गीतसहित)

हजुरबुवाले लेखेको  ‘बादलमा बुट्टा’  बोलको गीत नाति अग्रज भट्टराईद्वारा सार्वजनिक (गीतसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  असार २१, २०७७

काठमाडौँ । काँडाघारी स्थित अक्षरा स्कुलको कक्षा ७ मा अध्ययनरत  बाल गायक अग्रज भट्टराईले गाउनु भएको ‘बादलमा बुट्टा’ गीत युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

 स्थायी घर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ सेराखाल्ले भएका  गायक भट्टराईले स्वर दिनु भएको गीत ‘बादलमा बुट्टा’ काे रचना  भट्टराईका काका  

हजुरबुवा कवि तथा गीतकार टङ्क भट्टराईले गर्नु भएको हो   भने गायक अग्रजको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीतमा प्रकृतिसँग सम्बन्धित विभिन्न विषयमा बाल जिज्ञासा राखिएको छ । गीतमा  प्राज्ञ तथा वरिष्ठ गायक शान्तिराम राईको सङ्गीत रहेको छ । 

बादलमा बुट्टा त्यो कसले भरेको होला ?
फूलमा सुवास त्यो कसले छरेको होला?
रङ्गिन छ यो दुनियाँ कसरी भयो होला ?
सप्तरङ्गी इन्द्रेणी कसले बनाउँछ होला ?

 लगायतका शब्दहरू रहेका छन् ।

अग्रजका बुबा मीन भट्टराईका अनुसार  हजुरबुवाले लेखेको गीत नातिले गाएर  युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

‘बादलमा बुट्टा’ बोलको गीत यहाँ पनि सुन्न सकिन्छ ।