लोपउन्मुख मुद्रफिनी धान लगाउने किसानलाई गाउँपालिकाले प्रोत्साहन अनुदान दिने

लोपउन्मुख मुद्रफिनी धान लगाउने किसानलाई  गाउँपालिकाले प्रोत्साहन अनुदान  दिने

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २२, २०७७

नुवाकोट । नेपालमा प्रसिद्ध शिखरवेंशीमा रहेको समुन्द्रफिनी धानलाई वृद्धि गर्ने उद्देश्यले नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले बजेट छुट्याइ किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिने व्यवस्था गरेको छ ।

साविकको शिखर बेंसी गाविस हाल दुप्चेश्वर गाउँपालिकामा ४० वर्ष पहिला नेपालभरि मात्र हैन सामान्य ज्ञानमा समेत नाम कमाउन सफल रहेको समुन्द्रफिनी लोपहुँदै गएका कारण सो गाउँपालिकाले आफ्नो ठाउँको नाम राख्न र धान वृद्धि गर्ने उद्देश्यले नयाँ बजेटमा  पाँच लाख छुट्याएको छ ।

उक्त धान लगाउने किसानलाई प्रोत्साहन गर्ने र धान लगाएबापत आर्थिक सहयोगसमेत गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष योगेन्द्रसिंङ तामाङले जानकारी दिनुभयो ।