पहिलो पटक  अपाङ्गता राष्ट्रिय निर्देशन समिति सरकारले बनायाे

पहिलो पटक  अपाङ्गता राष्ट्रिय निर्देशन समिति सरकारले बनायाे

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २२, २०७७

काठमाडौँ । अपाङ्गता क्षेत्रमा नीतिगत काममा सहजीकरणका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत अपाङ्गता राष्ट्रिय निर्देशन समिति गठन गरिएकाे  छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ (दोस्रो संशोधन, २०७५) सहितको दफा ३८ (३) बमोजिम मन्त्री पार्वत गुरुङको यही असार १९ गतेको निर्णयबाट समितिले पूर्णता पाएको हो ।

समितिको अध्यक्षमा मन्त्री रहने व्यवस्था छ । समितिमा यस क्षेत्रमा राष्ट्रियस्तरमा महत्वपूर्ण योगदान गरेकामध्येबाट जगदीशप्रसाद अधिकारी (बारा) र रामप्रसाद ढुङ्गाना (काठमाडौँ), विज्ञमध्येबाट प्रतिमा गुरुङ (लमजुङ) र डा. वीरेन्द्रराज पोखरेल (ललितपुर), सेवा प्रदायक संस्थाबाट इन्द्रमाया गुरुङ (गोरखा) र कृष्ण गौतम (बाँके) हुनुहुन्छ ।

यस्तै वर्गीय अपाङ्गताको तर्फबाट रमेश लामा (दोलखा), नरबहादुर लिम्बू (काठमाडौँ), कृष्णप्रसाद अधिकारी (बाग्लुङ), मात्रिका देवकोटा (गोरखा), युवराज कट्टेल (धनकुटा), लोचना अधिकारी (कास्की), सुनिता मलेखु (ललितपुर), पवन आचार्य (कपिलवस्तु), हसना डङ्गोल (काठमाडौँ) र रोजिना श्रेष्ठ (काभ्रेपलाञ्चोक) सदस्य हुनुभएको छ ।

समितिमा मुख्यसचिवसहित विभिन्न मन्त्रालयका सचिव र प्रतिनिधि तथा राष्ट्रिय अपाङ्ग महाङ्घको प्रतिनिधि पनि रहनेछन् । नवनियुक्त सदस्य एवं नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदीशप्रसाद अधिकारीले यस प्रकारको समिति यस क्षेत्रमा पहिलोपटक गठन भएको बताउँदै नीतिगत सवालमा समितिले काम गर्ने जानकारी दिनुभयो ।