फेरि घट्यो सुनको मूल्य

फेरि घट्यो सुनको मूल्य

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २२, २०७७

काठमाडौं । बुधबारयता घट्दो क्रममा रहेको सुनको मूल्य आज (असार २२ गते) सोमबार तोलामा तीन सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार दुई सय रुपैयाँ पुगेको छ। गत आइतबार छापावाल सुन ९० हजार पाँच सय रुपैयाँमा कारोवार भएको थियो।

यस्तै, तेजाबी सुनको मूल्य पनि घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ७ सय ६० रुपैयाँ तोकिएको छ। आइतबार यसको मूल्य ९० हजार ६५ रुपैयाँ निर्धारण गरिएको थियो। चाँदीको मूल्य भने ९४० रुपैयाँमा स्थिर छ।

गत बुधबार अहिलेसम्मकै सर्वाधिक ९१ हजार ७०० रुपैयाँ तोकिएको सुनको मूल्य बिहीबार सात सय रुपैयाँ घटेर ९१ हजार निर्धारण गरिएको थियो।

शुक्रबार पाँच सय रुपैयाँ घटेर ९० हजार ५०० रुपैयाँ कायम भएको सुनको मूल्य त्यसयता आइतबारसम्म स्थिर थियो।