जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  असार २२, २०७७

दाङ । तुलसीपुर उपमहानगरपालिका-७ नयाँबस्ती बस्ने ३६ वर्षीय प्रेम बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनार सहित १० जनालाई नगद २ लाख २५ हजार रुपैयाँ र ४ गड्डी तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।