जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  असार २२, २०७७

गुल्मी । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सत्यवती गाउँपालिका-४ लिम्घा बस्ने २७ वर्षीय भिम बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोहाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

ओखलढुङगा, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवी गाउँपालिका-४ सौरेनी बस्ने बीर बहादुर दमाईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । दमाईले ती बालिकालाई प्रलोभन देखाई आफ्नै घरको कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ