खोला तथा पोखरीमा डुबेर मृत्यु

खोला तथा पोखरीमा डुबेर मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  असार २२, २०७७

काठमाडौं । काभ्रे, नमोबुद्ध नगरापलिका-४ बस्ने साईला परियारको ९ वर्षीय छोरा पुकार परियारको सोही नगरपालिका-७ स्थित दाप्चा खोलामा डुबेर मृत्यु भएको छ । खोलामा पौडी खेल्ने क्रममा डुबेर अचेत अवस्थामा स्थानीयबासीले उद्दार गरी उपचारको लागि धुलिखेल अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । 

संखुवासभा, खाँदबारी नगरपालिका-२ बेतिनीस्थित पोखरीमा डुबेर खाँदबारी नगरपालिका-८ बस्ने १७ वर्षीय युवराज कटवालको आइतबार दिउँसो मृत्यु भएको छ । पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । 

सप्तरी, राजविराज नगरपालिका-१५ बस्ने प्रभु पण्डितको ८ वर्षीय छोरा सुरज पण्डितको सोही ठाउँस्थित पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । 
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ