पहिरोमा पुरिएर मृत्यु

पहिरोमा पुरिएर मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  असार २२, २०७७

काठमाडौं । डोटी, पूर्वीचौकी गाउँपालिका-४ नुवाकोट भन्ने स्थानमा सोही ठाउँ बस्ने भक्त दमाईको घर माथिबाट आइतबार बिहान पहिरो आई घरको पछाडी पट्टीको पर्खाल भत्किदा दमाईको ४ महिनाको छोरा छत्र दमाईको घटनास्थलमै मृत्यु भएको छ । उक्त स्थानमा पहिरो आई घरको पर्खाल भत्किदा ५ जना थिचिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सानागाउँ र जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा उद्दार गर्ने क्रममा घटनास्थलबाट छत्र दमाईको शव फेला पारेको हो । साथै प्रहरीले घरभित्र रहेका ३ जनाको सकुशल उद्धार गरेको थियो भने घाइते भक्त दमाईको श्रीमती २५ वर्षीया देउवा दमाईलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकीमा पठाएकोमा सामान्य उपचार पश्चात उनी डिस्चार्ज भएकी छिन् । 

बझाङ, जयपृथ्वी नगरपालिका-७ सुबेडा बस्ने कर्मराज जोशीको गोठमा आइतबार दिउँसो पहिरो आउँदा गोठभित्र रहेका निजको १२ वर्षीय छोरा आशिष जोशीको मृत्यु भएको छ । पहिरोमा पुरिएर गम्भीर घाइते उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त पहिरोमा परी घाइते भएका सोही ठाउँ बस्ने जनकराज जोशीको १४ वर्षीय छोरा जलेश्वर जोशीको स्थानीयले उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल पठाएकोमा सामान्य उपचार पश्चात उनी डिस्चार्ज भएका छन् । 

दुबै स्थानमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।