मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

लोकसंवाद संवाददाता  |  समाज  |  असार २२, २०७७

काठमाडौं । कपिलवस्तु, बिजयनगर गाउँपालिका-३ मैनारीस्थित भटनी खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । 

मोरङ, उर्लाबारी नगरपालिका-१ सोल्टी खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

बैतडी, पुर्चौडी नगरपालिका-१० बस्ने ५५ वर्षीय पदम सिंह महरा सोही ठाउँस्थित कठपते भन्ने स्थानमा आइतबार राति मृत अवस्थामा फेला परेका छन् । शनिबार सोही ठाउँ बस्ने कृष्ण महराको घरमा बुबाको बार्षिकी पूण्य तिथिको श्राद्धमा श्राद्ध खान गएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।