आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

लोकसंवाद संवाददाता  |  समाज  |  असार २२, २०७७

काठमाडौं । सिरहा, मिर्चैया नगरपालिका-५ बस्ने श्याम कुमार कापरको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

नवलपरासी(पश्चिम), बर्दघाट नगरपालिका-४ दाउन्नेस्थित सडकमा भैरहवाबाट पोखरातर्फ सिमेन्ट लोड गरी जाँदै गरेको लु.२ ख १२१ नम्बरको ट्रकमा ईन्जिनको तार सर्ट भई आइतबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन । 

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।