विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

लोकसंवाद संवाददाता  |  अपराध  |  असार २२, २०७७

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय डिकेश तामाङको कोठाबाट युरो डलर ५ सय र नेपाली नगद १० हजार रुपैयाँ आइतबार राति चोरी भएको छ । 

कास्की, पोखरा महानगरपालिका-८ मिलनपथ डेरा गरी बस्ने पर्वत मोदी गाउँपालिका-२ घर भएका ६१ वर्षीय चिन बहादुर गुरुङको कोठाबाट सुनका विभिन्न गरगहना अन्दाजी ३ तोला, क्यामेरा १ थान, मोबाइल २ थान र नगद ४० हजार २ सय रुपैयाँ आइतबार राति चोरी भएको छ । 

चोरीमा संलग्न फरार रहेका व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।