सुनको मूल्य उकालो लाग्यो

सुनको मूल्य उकालो लाग्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २३, २०७७

काठमाडौं । पाँच दिनअघिसम्म घट्दो क्रममा रहेको सुनको मूल्य आज ९असार २३ गते मंगलबार० बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको छ। हिजो यसको मूल्य ९० हजार दुई सय रुपैयाँ तोकिएको थियो।

तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार चार सय ६० रुपैयाँ पुगेको छ। हिजो यसको मूल्य ८९ हजार सात सय ६० रुपैयाँ कायम थियो। चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेर ९ सय ५० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत बुधबार अहिलेसम्मकै सर्वाधिक ९१ हजार सात सय रुपैयाँ तोकिएको सुनको मूल्य हिजो ९० हजार दुई सय पुगेको थियो।