अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

लोकसंवाद संवाददाता  |  अपराध  |  असार २३, २०७७

काठमाडौं । सप्तरी, बोदेबर्साई नगरपालिका-९ देउरी सिमराहाबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट-१० ट्याब्लेट १ पाता सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शम्भुनाथ नगरपालिका-१२ बस्ने २३ को सतिस साह र २० वर्षीय अतोश साह रहेका छन् । प्रहरी चौकी देउरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आईरहेको स.८प २५३२ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा सवार सतिसको साथमा उक्त लागूऔषध फेला पारी मोटरसाइकल चालक अतोशलाई समेत पक्राउ गरेको  हो । 

सिरहा, सखुवानान्कारकट्टी गाउँपालिका-३ महदेवा बस्ने २८ वर्षीय कृष्णदेव यादवलाई नियन्त्रित लागूऔषध डाईलेक्स डिसी १ सय एमएलको ४७ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बरियारपट्टी गाउँपालिका-

बडहरीमा भारतबाट टाउकोमा बोरा बोकी नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी कचनरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो । 

पर्सा, वीरगंज महानगरपालिका-१९ बरवा टोलबाट नियन्त्रित लागूऔषध कोरेक्स १ सय २० थान सहित बारा बिश्रामपुर गाउँपालिका(५ नकटुवा बस्ने ४५ वर्षीय बीरेन्द्र कुमार लगायत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी 

कार्यालयबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एन ८१८५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।  

यसैगरी पर्सा, ठोरी गाउँपालिका-४ मालिबस्तिबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी सोमबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय ठोरीबाट मोटरसाइकल गस्तीमा गएको प्रहरीलाई देख्नासाथ एक अपरिचित व्यक्ति बोरा फालेर फरार भए पश्चात् बोरामा पलाष्टिकमा बेरीएको अवस्थामा उक्त लागूऔषध फेला परेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ