जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  असार २३, २०७७

काठमाडौं । कपिलवस्तु, १८ वर्षीया किशोरीलाई कपिलवस्तु नगरपालिका-२ कुदानमा जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका-४ महुवा बस्ने २५ वर्षीय अब्दुल कलिम र सोही ठाउँ डालपुर बस्ने ३० वर्षीय लोकनाथ यादव रहेका छन् । वडा प्रहरी कार्यालय तौलिहवाबाट खटीएको गस्ती टोलीले किशोरीलाई फेला पारी रोईकराइ गरेको अवस्थामा सोधपुछ गर्दा उनीहरुले जबरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको     हो ।      

कञ्चनपुर, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कृष्णपुर नगरपालिका-४ मालुमेला बस्ने ६६ वर्षीय नर बहादुर भण्डारीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई शुक्रबार दिउँसो जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।