हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  असार २३, २०७७

काठमाडौं । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौं महानगरपालिका-२१ जैसिदेवलबाट काभ्रे खोपासी घर बताउने ३५ वर्षीय सानु तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जैसिदेवल बस्ने मकवानपुरका ३२ वर्षीय पुरुषसँग एकआपसमा वादविवाद तथा झै-झगडा हुँदा सानुले उनलाई धारिलो हतियार प्रहार गरेका हुन् । घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।