प्रहरीले गस्ती गर्दै जाने क्रममा भरुवा बन्दुक बरामद

प्रहरीले गस्ती गर्दै जाने क्रममा भरुवा बन्दुक बरामद

लोकसंवाद संवाददाता  |  अपराध  |  असार २३, २०७७

रौतहट । चन्द्रपुर नगरपालिका-२ मलनिया सामुदायिक बन क्षेत्रबाट १ नाल भरुवा बन्दुक सोमबार राति बरामद भएको छ ।

अस्थाई प्रहरी पोष्ट जुडिबेलाबाट खटिएको प्रहरीले गस्ती गर्दै जाने क्रममा सो वन नजिकै खेतमा रहेको परालको कुन्युमा शंकास्पद अवस्थामा बसिरहेका ३र४ जना व्यक्तिहरु प्रहरीलाई देख्नासाथ भागेर फरार भएपछि परालको थुप्रोभित्र शंका लागि जाँच गर्ने क्रममा उक्त भरुवा बन्दुक फेला परेको हो । 

फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।