मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

लोकसंवाद संवाददाता  |  समाज  |  असार २३, २०७७

काठमाडौं । पाँचथर, याङवरक गाउँपालिका-४ थर्पु घर भई फिदिम नगरपालिका-१ फिदिम बजार डेरा गरी बस्ने ४९ वर्षीय टेकनाथ शिवाकोटी आफ्नै कोठाभित्र सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । 

लमजुङ, मध्यनेपाल नगरपालिका-५ सर्दी खोलास्थित खेतमा सोही नगरपालिका-४ सानो कुमालगाउँ बस्ने ६४ वर्षीय ईन्द्र बहादुर कुमाल सोमबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

बाँके, राप्ती सोनारी गाउँपालिका-९ ढकेरी बजारमा हाल  नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।