छतबाट लडेर मृत्यु

छतबाट लडेर मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  असार २३, २०७७

काठमाडौं । तारकेश्‍वर नगरपालिका-२ जरङखु बसन्त कोलोनी बस्ने गुल्मी इस्मा गाउँपालिका-६ घर भएकी खिम बहादुर कुमालकी छोरी ३ वर्षीया पार्वती कुमालको घरको छतबाट लडेर सोमबार दिउँसो मृत्यु भएको छ । 

खेल्ने क्रममा अचानक उक्त घरको छतबाट लडेर गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।