पानीमा डुबेर मृत्यु

पानीमा डुबेर मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  असार २३, २०७७

काठमाडौं । बर्दिया, ठाकुरद्वारा नगरपालिका-८ तितकैया घर भएका २७ वर्षीय देब बहादुर थारुको गेरुवा गाउँपालिका-६ मनाउस्थित कर्णाली नदी तर्ने क्रममा डुबेर सोमबार साँझ मृत्यु भएको छ । २र३ दिन अघि सोही ठाउँस्थित ससुराली घर आई घर फर्कने क्रममा पानीमा डुबेर देब बहादुरको मृत्यु भएको हो । 

सप्तरी, कंचनरुप नगरपालिका-१० भडहा टोल बस्ने महमद समिन साफीको छोरा ७ वर्षीय महमद जमिनको खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । साथीहरुसँग त्रियुगा खोलामा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको हो । 

नसरी, रामधुनी नगरपालिका-७ बस्ने खगेन्द्र राईकी छोरी १७ वर्षीया सिसम राईको सोही ठाउँस्थित जुडितालमा पौडी खेल्ने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । 

मकवानपुर, मनहरी गाउँपालिका-६ प्रतापपुर बस्ने ६० वर्षीय पदम बहादुर प्रजाको खोलाले बगाई सोमबार दिउँसो मृत्यु भएको छ । घर नजिकै राप्ती खोलाको छेउमा गाईवस्तु चराउन गएकोमा खोलाले बगाई उनको मृत्यु भएको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।