पिङमा बेरिएर मृत्यु

पिङमा बेरिएर मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  असार २३, २०७७

सप्तरी । खड्क नगरपालिका-८ बिसनपुर बस्नेु हृदय नारायण चौधरीकी छोरी १ वर्षीया हिमानी कुमारी चौधरीको पिङमा बरिएर सोमबार साँझ मृत्यु भएको छ ।

आफ्नै घर अगाडि रहेको बकाईनको रुखमा झुलको पिङ खेल्ने क्रममा पिङको डोरी घाँटीमा बेरिन गम्भीर घाइते भएकी उनको उपचारको लागि सिरहाको लहानस्थित सप्तऋषि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।