पहिरोले सडक अवरोध

पहिरोले सडक अवरोध

लोकसंवाद संवाददाता  |  समाज  |  असार २३, २०७७

काठमाडौं । दोलखा, बैतेश्वर गाउँपालिका-६ बुस्तिमा पहिरो आई तामाकोसी-जिरी सडक मंगलबार अवरोध भएको छ । उक्त ठाउँमा ईलाका प्रहरी कार्यालय मैनापोखरीबाट प्रहरी टोली खटि गई पहिरो हटाउन आवश्यक पहल गरिरहेको छ । 

पाल्पा, तिनाउँ गाउँपालिका-५ कालीमाटीस्थित सिद्धार्थ राजमार्गमा पहिरो आई सडक मंगलबार पूर्णरुपमा अबरोध भएको छ । प्रहरी चौकी प्रभासबाट प्रहरी टोली खटि गई पहिरो हटाउन आवश्यक पहल गरिरहेको छ । साथै तानसेन नगरपालिका-११ सम्मोबारीस्थित तानसेन-रिडी सडकखण्डमा पहिरो आई सडक पूर्णरुपमा अबरोध भएको छ । प्रहरी चौकी हार्थोकबाट प्रहरी टोली खटि गई पहिरो हटाउन आवश्यक पहल गरिरहेको छ । 

लमजुङ, मर्स्याङदी गाउँपालिका-९ गोपालडाँडामा पहिरो आई सडक मंगलबार पूर्णरुपमा अबरोध भएको छ । प्रहरी चौकी खुदिबाट प्रहरी टोली खटि गई पहिरो हटाउन आवश्यक पहल गरिरहेको छ । 

मकवानपुर, भिमफेदी गाउँपालिका-६ जुरिखेतस्थित हेटौंडा-कुलेखानी काठमाडौं सडक सोमबार बर्षाको कारण पहिरो आई  अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी टोली खटि गई पहिरो हटाउन आवश्यक पहल गरिरहेको छ । 

यसैगरी मकवानपुर, ईन्द्रसरोबर गाउँपालिका-२ सुकौरास्थित हेटौडा कुलेखानी फाखेल काठमाडौं सडकमा बर्षाको कारण पहिरो आई सोमबार अवरोध भएको छ । प्रहरी चौकी फाखेलबाट प्रहरी टोली खटि गई पहिरो हटाउन आवश्यक पहल गरिरहेको छ ।

संखुवासभा, खाँदबारी नगरपालिका-४ भ्याङखोलास्थित खाँदबारी किमाथांका कोशी राजमार्गमा अरुण तेस्रो जलबिद्युत आयोजना निर्माणको लागि रड बोकेर जाँदै गरेको ना.६ ख ४८२३ नम्बरको ट्रक हिलोमा फसेर उक्त सडक सोमबार पूर्णरुपमा अवरोध भएको छ ।

सडक डिभिजन कार्यालय, अरुण थर्डको स्काईभेटरको सहयोगमा जिल्ला प्रहरी कार्यालय संखुवासभा र ट्राफिक प्रहरीले अवरोध हटाउन आवश्यक पहल गरिरहेको छ ।