आगलागीबाट धनमाल जलेर नष्ट

आगलागीबाट धनमाल जलेर नष्ट

लोकसंवाद संवाददाता  |  समाज  |  असार २३, २०७७

काठमाडौं । रुपन्देही, तिलोत्तमा नगरपालिका-१ नयाँमिलस्थित सन्तोस पन्तको होटलमा विजुली सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा होटलको एसि, सोफासेट, ल्यापटप, कम्प्युटर, टेबल लगायत कोठाका अन्य सामानहरु जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

मोरङ, सुनबर्शी नगरपालिका-५ टकुवा बस्ने बिशोक मंडलको घरमा विजुली सर्ट भई सोमबार बेलुका आगलागी हुँदा लत्ताकपडा, भाँडा बर्तन, अन्नपात, फ्रिज गरेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

कैलाली, धनगढी उपमहानगरपालिका-४ स्थित बसपार्कमा पार्कीङ गरी राखेको बझाङ दुर्गाथली गाउँपालिका-१ बस्ने यातायात व्यवसायी डम्बर सार्कीको ना।४ ख ९७४६ नम्बरको बसको ईन्जिनमा सोमबार राति आगलागी हुँदा ईन्जीन र बोनटको भाग जलेर नष्ट भएको छ । 

आगलागी भएका स्थानहरूमा तत्काल खटिएको स्थानीय प्रहरीले दमकल र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।