पार्टीको ह्विप  विरुद्ध जने सरिता गिरी सांसद  र साधारण सदस्यबाट समेत निष्कासित (विज्ञप्तीसहित)

पार्टीको ह्विप  विरुद्ध जने सरिता गिरी सांसद  र साधारण सदस्यबाट समेत निष्कासित (विज्ञप्तीसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २४, २०७७

काठमाडाैँ । समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ ।

सो पार्टीको २०७७ असार २३ गते  मं‌गलबार बसेको पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।

समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले नेत्री गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाइएको जानकारी दिनुभएकाे छ ।

पार्टीका महासचिव रामशाहप्रसाद यादवको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनअनुरुप सांसद गिरीलाई कार्वाही गरिएको हो । कार्यदलले गिरीलाई कार्वाही गर्न सिफारिससहित आजै पार्टीलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । पार्टी ह्विप उल्लङ्घन गरेको आरोपमा गिरीलाई कार्वाहीका लागि पार्टीले कार्यदल बनाएको थियो ।

कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य हुनुहुन्थ्यो । गिरीले लिम्पियाधुरा सहितको नेपालको अद्यावधिक नक्सा संविधानमा राख्ने संविधान संशोधन प्रस्तावमाथि असहमति राख्नुभएको थियो ।

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा गिरीले पार्टी ह्विप उल्लङ्घन गर्नुभएको थियो । गत जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो ।

समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो । 

 यस्ताे छ   समाजवादी पार्टी नेपालले जारी गरेकाे विज्ञप्ती