पत्नी सीताको उपचारका लागि प्रचण्ड अमेरिका जाँदै

पत्नी सीताको उपचारका लागि प्रचण्ड अमेरिका जाँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ३, २०७५

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जाँदैहुनुहुन्छ । उहाँ आइतबार साँझ अमेरिका तर्फ प्रस्थान गर्नुहुने छ ।

दाहाल पत्नी सीता लामो समयदेखि पार्किन्सन रोगले पीडित हुनुहुन्छ । यसअघि सीताको उपचार भारत र सिंगापुरमा पनि गरिएको थियो । 

उपचारकै सिलसिलामा गत कात्तिक महिनामा प्रचण्ड र सीताले म्याग्दीको तातोपानी कुण्डमासमेत स्नान गरेका थिए । 

प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जाने बताइएको छ ।