योगमाया नारी सम्मानको घोषणा

योगमाया नारी सम्मानको घोषणा

लोकसंवाद संवाददाता  |  साहित्य  |  असार २४, २०७७


काठमाडाैँ । नेपाल स्रष्टा समाजबाट यस वर्ष प्रदान गरिने योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान, योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान र दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मानको घोषणा गरिएको छ ।

समाजबाट २०७७ सालमा प्रदान गरिने उक्त सम्मानहरु वरिष्ठ साहित्यकार तथा प्राज्ञ माया ठकुरीका संयोजकत्वमा सम्बन्धित विज्ञ तथा सम्मान संस्थापकहरू रहेको समिति २०७७ असार १४ गते निर्णय गरेको हो ।

समितिले योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान (राशि  २५ हजार १११ सहित)  तोया गुरुङ, योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान (राशि  २५ हजार १११ सहित) उत्तमप्रसाद पन्त र दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान (राशि ११ हजार १११ सहित) इन्द्रा गहतराजलाई प्रदान गर्ने निर्णय गरेको हो ।

महामना नारी योगमायाले आफ्ना ६८ अनुयायीका साथ विसं १९९८ मा उत्सर्ग गरेको दिन असार २२ गतेलाई समाजले योगमाया दिवससमेत घोषणा गरी सोही दिन उहाँका नाममा दुई सम्मानहरु प्रदान गर्ने गरिएको छ ।

यसैगरी दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान गत वैशाख ९ गते नै प्रदान गरिने तय भएकामा कोभिड–१९ को सङ्क्रमणका कारण स्थगन गरिएको समानका अध्यक्ष विधान आचार्यले जानकारी दिनुभयो । समाजले सम्मानित हुनुभएका विशिष्ट साधक तथा सर्जकहरूलाई अनुकूल अवस्थामा सम्मान प्रदान गरिने जनाएको छ ।