खाली जग्गाको झाडीमा बोरामा शव

खाली जग्गाको झाडीमा बोरामा शव

लोकसंवाद संवाददाता  |  अपराध  |  असार २४, २०७७

चितवन  । भरतपुर महानगरपालिका–१० को चितवन माविको खाली जग्गाको झाडीमा बोरामा पोको पारेको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार ती व्यक्ति भरतपुर महानगरपालिका–१४ का ४१ वर्षीय राजकुमार गुरुङ रहेका छन् ।

थापाका अनुसार भरतपुर क्षेत्रमा माछा बिक्री गर्ने, ठेलामा सामान बिक्री गर्नेजस्ता काम गर्दै आएका उनी चार दिनयता हराइरहेका थिए । मङ्गलबार बोरामा शव भेटिएपछि उनको परिवारले आफन्त भएको भनी सनाखत गरेका हुन् । हत्या भएको आशङ्कामा अनुसन्धानलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । उनी भरतपुर क्षेत्रमा बसोबास गर्दै आएका थिए ।