तोलामा ६ सय बढ्यो सुन

तोलामा ६ सय बढ्यो सुन

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २४, २०७७

काठमाडौं । नेपाली बजारमा आज (असार २४ गते बुधबार) सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँ बढेर ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ। हिजो यसको मूल्य ९० हजार ९ सय रुपैयाँ कायम थियो।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६० पुगेको छ। चाँदीको मूल्य ९ सय ५५ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।