ड्रगले मस्तिष्कीय क्षमता सय प्रतिशत हुने फिल्म लुसीको नायिका सुपरम्यान बनिन

ड्रगले मस्तिष्कीय क्षमता सय प्रतिशत हुने फिल्म लुसीको नायिका सुपरम्यान बनिन

सरोज ज्ञवाली  |  ज्ञानविज्ञान  |  चैत्र ३, २०७५

लुसी(Lucy) एउटा ‘साई–फाई एक्सन मूभी’ हो जसलाई लुक वेन्सनले निर्देशन गरेका थिए र यसको निर्माण उनको श्रीमती मजेनी वेन्सनले गरेकी थिइन् । यो सिनेमा सन् २०१४ जुलाईमा प्रदर्शित भएको थियो ।   सिनेमाको लागत खर्च करिब ४० मिलियन अमेरिकी डलर थियो र यस फिल्मले ४६३ मिलियन डलरको कमाई गरेको थियो । यस सिनमाले ठूला पुरस्कार प्राप्त नगरे पनि यसको गणना चर्चित सिनेमामा गरिन्छ । सिनेमाको मुख्य सुटिङ्ग, ताइपेई, पेरिश तथा न्यूयोर्कमा भएको थियो । सिनेमाको मुख्य पात्र स्कारलेट जान्सन थिइन् । उनलाई यस सिनेमामा अति शक्तिशाली र अद्भूत क्षमता सम्पन्न पात्रका रुपमा चित्रित गरिएको थियो । 

सिनेमाको मुख्य पात्र लुसी पच्चिस वर्षीया अमेरिकन युवती हुन्छिन्, जो ताइपेईमा पढिरहेकी हुन्छिन् । उनलाई उनको प्रेमीले धोका दिएर ड्रग माफियाको भरियाको रुपमा काम गर्न वाध्य बनाइदिन्छ । सिनेमाको खलपात्र मिस्टर ज्याङ्ग हुन्छ । ऊ एउटा कोरियन ड्रग माफियाको लिडर हुन्छ र उसले लुसी लगायत अरु तिनजना व्यक्तिहरुको पेटभित्र ‘सीपीएच¬–४’ -CPH4) नामक रसायन लुकाएर यूरोप पठाउन चाहन्थ्यो । सिनेमाको अनुसार ‘सीपीएच¬–४’ भन्ने रसायनीक पदार्थ, थोरै मात्रामा गर्भवती महिलाको शरिरमा पनि निर्माण हुन्छ । ‘सीपीएच¬–४’ले गर्भमा रहेको वच्चालाई उर्जा प्रदान गर्दछ । 

साधारण मनुष्यमा हुने जिज्ञासाहरु जस्तैः हामी किन जन्मेका हौं ? जीवनको रहस्य के हो ? ब्रह्माण्डको उत्पत्ति कसरी भयो ? आदि जिज्ञासाहरुलाई सिनेमाले आफ्नो ढंगले व्याख्या गरेको पाइन्छ । सिनेमाको भनाई अनुसार जीवनको मुख्य उद्देश्य भनेको ज्ञान प्राप्ति गर्नु हो र यसलाई एक पिंढीबाट अर्को पिंढीमा हस्तान्तरण गर्नु पर्दछ ।

लुसीलाई अपहरण गरेर युरोप पठाउने क्रममा, लुसीको अपहरणकारीसँग हातपात हुन्छ । यसै क्रममा उनको पेट भित्र रहेको ‘सीपीएच¬–४’ फुटेर उनको शरिरमा मिसिन्छ जसले गर्दा उनी शारीरिक तथा मानसिक रुपले अति शक्तिशाली हुन पुग्छिन् । लुसीले आफ्नो अद्भुत क्षमताद्धारा अपहरणकारीलाई मार्दछिन् र बाँकी रहेको ‘सीपीएच¬–४’ लिन यूरोप जान्छीन् । यसैक्रममा उनलाई ज्ञात हुन्छ, ‘अब उनको जीवन ४८ घण्टा मात्र बाँकी छ र उनमा असीमित पराभौतिक क्षमता, ‘टेलिप्याथी’ तथा ‘टेलिकाइनोशिश’को माध्यमद्धारा जुनसुकै कार्य गर्ने अपरिमित क्षमता अभिवृद्धि भएको छ  । 

यसै क्रममा लुसीले ख्यातिप्राप्त ‘न्यूरो साइन्टिस्ट’ प्रोफेसर साइमूल नोरमान (Moragn Freeman) सँग सम्पर्क गर्छिन् । लुसीले आफूमा असीमित क्षमता भएको र उनी कुनै साधारण मनुष्यमा रहने दुख तथा संवेदनाबाट मुक्त भएको कुरा नीरमानलाई विश्वास दिलाउन सफल हुन्छिन् । लुसीले आफ्नो अद्भूत बौद्धिक क्षमता प्रर्दशित गर्दै नोरमानलाई सम्झाउँछिन् कि यस ब्रह्माण्डको विकास कसरी भएको थियो, समय भनेको के हो, मनुष्य जीवनको उद्देश्य के हो लगायत आदि दर्शन तथा विज्ञानका विषयहरु प्रष्टाउँछिन् । 

प्रोफेसरको ल्याबमा, लुसी भन्छिन, ‘समय नै जीवनको मूलभूत कडी हो र यसमा नै मानव जीवनको अस्तित्व लुकेको छ ।’ लुसी समयको थप व्याख्या गर्दै भन्छिन्, ‘समय नै भरपर्दो मापन हो जसले मनुष्य र व्रह्माण्डको मूल्यांकन गर्न सक्छ ।’ त्यसपछि उनी कालो धूवाँमा परिणत हुन्छिन् र आफ्नो सम्पूर्ण ज्ञान एउटा पेन ड्राईभमा राखेर प्रोफेसरलाई हस्तान्तरण गर्छिन् । उनको एउट साथीले लुसीको भौतिक शरिर बारे प्रश्न गर्दा, मोबाइलमा म्यासेज आउँछ,I'm everywhere.Ú अनि पाश्र्व ध्वनीमा आवाज आउँछ, Life was given to us a billion years ago. Now you know what to do with itÚ.

यस सिनेमामा मुख्य रुपमा यो बताउन खोजिएको छ, हामी मुनष्यले थोरै मात्रामा मात्र आफ्नो मस्तिष्कीय क्षमता प्रयोग गरी राखेका छौ, यदि हामीले सम्पूर्ण मस्तिष्कको क्षमता प्रयोग गर्ने हो भने के गर्न सक्छौं ? सिनेमाको प्रारम्भकै दृश्यमा भनिएको छ The average person was 10% of their brain capacity, today she, will hit 100%Ú.

तर यो मान्यतासँग धेरै वैज्ञानिकहरु समहत छैनन् । विज्ञहरुको मत अनुसार आवश्यक पर्दा मस्तिष्कले १० प्रतिशत भन्दा बढी क्षमताको प्रयोग गर्दछ र सम्पूर्ण १०० प्रतिशत प्रयोग गरेपनि कुनै पनि व्यक्ति ‘सुपरम्यान’ वन्न सक्दैन । तर यो पनि साँचो हो, मस्तिष्क एउटा जटिल तथा रहस्यमयी अंग हो । यसको बारे बुझ्न धेरै अध्ययन तथा अनुसन्धान हुन अझै बाँकी नै छ । करिब १.४ केजी तौलको मस्तिष्कले करिब २० प्रतिशतको शारीरिक उर्जा खपत गर्दछ । मस्तिष्कको एउटा कोषले १०० सूचना प्रति सेकेण्ड प्रसारित गर्दछ र अनुमान गरौं, १०० विलियन कोषहरुले कति सूचना प्रसारण गछर्न होला । त्यसैकारण मानव मस्तिष्क एउटा सुपर कम्प्यूटर हो । जसलाई बुझ्न अति कठिन छ । 

यस सिनेमामा १+१ सधै २ हुँदैन भन्ने मान्यता अगाडि सारिइएको छ । यस सिद्धान्तलाई अल्वर्ट आइन्सटाईनको सापेक्षवादको सिद्धान्तले पनि पुष्टि गर्दछ र ‘Chaos Mathematical TheoryÚ ले पनि व्याख्या गर्दछ । तर सिनेमामा व्यक्त भएको समयको सिद्धान्त, कुनै पनि विज्ञानको कसौटीमा पर्दैन । 

साधारण मनुष्यमा हुने जिज्ञासाहरु जस्तैः हामी किन जन्मेका हौं ? जीवनको रहस्य के हो ? ब्रह्माण्डको उत्पत्ति कसरी भयो ? आदि जिज्ञासाहरुलाई सिनेमाले आफ्नो ढंगले व्याख्या गरेको पाइन्छ । सिनेमाको भनाई अनुसार जीवनको मुख्य उद्देश्य भनेको ज्ञान प्राप्ति गर्नु हो र यसलाई एक पिंढीबाट अर्को पिंढीमा हस्तान्तरण गर्नु पर्दछ । (Knowledge is omnipresent, discover it and pass it on. The purpose of life is to pass on knowledge)

यस भनाईमा केही हदसम्म शिक्षाविद् तथा दार्शनिकहरु पनि सहमत हुन हुन्छन् । पूर्वी दर्शनमा रहेको ज्ञान योगले पनि पूर्ण ज्ञानको माध्यमद्धारा सत्यको नजिक पुग्न सकिन्छ भनेर व्याख्या गरेको पाईन्छ । सिनेमाको भनाई अनुसार पूर्ण ज्ञान (१०० प्रतिशत) प्राप्त भएमा, मनुष्यले सवै माथि नियन्त्रण गर्न सक्ने कुरा व्यक्त गरेको छ । तर ज्ञान योगको आधारमा हेर्दा पूर्ण ज्ञानले मोक्ष प्राप्त गर्ने कुरा व्यक्त गरेको छ । सिनेमामा व्यक्त भए अनुसार संसारमा समृद्धि तथा शान्ति ल्याउनका लागि शिक्षाको विस्तार हुनुपर्ने कुरामा जोड दिएको पाईन्छ । तर कस्तो खालको शिक्षा यसबारे व्यक्त गरिएको छैन । 

यस सिनेमाको नाम लुसी राखिएको छ, जसलाई मनुष्य जातिको आदिम माताको नाम लुसीसँग जोड्ने कोशिश गरेको पाइन्छ । सिनेमाकाको नायिका  लुसीले समय यात्राका क्रममा आदिम सभ्यतामा पुग्दा उनको भेट लुसी नामक वनमान्छेसँग हुन्छ । सन् १९७४ मा इथियोपियामा भेटिएको मानव अवशेषलाई लुसी नाम दिइएको थियो । यसको अध्ययन गर्दा, Australopthecus AtarensisÚ नामक प्रजाति बारे प्राप्त भयो, जसलाई मानव र जनावर विच रहेको विभेदको कडीको रुपमा मान्ने गरिन्छ ।  

सिनेमाको नायिकाले लुसी नामक वनमान्छेलाई छुन खोजेको दृश्यले MichelengeloÚ को चर्चित चित्र God giving life to AdamÚ को झझल्को दिन्छ । सिनेमामा लुसीलाई परम ज्ञान प्राप्त भएपछि साधारण मनुष्यमा रहने भावनाहरु जस्तै काम, क्रोध, लोभ, मोह आदिबाट मुक्त भएको रुपमा देखाइएको छ । 

अन्तमा, यस सिनेमाको धारणा तथा प्रस्तुति वैज्ञानिक कसौटीमा पूर्णतया नबँधिए पनि सिनेमाले केही सकारात्मक कुरा व्यक्त गरेको छ । सिनेमाले मनुष्यमा असीमित क्षमता रहेको र यसलाई उचित तवरले प्रयोग गरेमा मनुष्य सभ्यता उच्च अवस्थामा पुग्न सक्ने सम्भावना औल्याएको छ । सिनेमामा जीवनको उद्देश्य जे सुकै बताइएको भए पनि सिनेमाले ज्ञान हासिल गर, मनन गर र विस्तार गर भन्ने संदेश प्रवाहित गरेको छ । सिनेमाका अनुसार ज्ञानको स्रोत किताब तथा गुरु मात्र हुन सक्दैन, ज्ञान सर्वव्यापी छ, तर यसलाई बुझ्न मानिसमा रहर, क्षमता तथा धर्यताको आवश्यकता हुन्छ । यस सिनेमालाई साधारण ढंगले हेर्दा काल्पनिक मनोरञ्जनको आनन्द लिन सकिन्छ  साथ साथै यसमा रहेका वैज्ञानिक तथा दार्शनिक पक्षलाई बुझ्न सकेमा आफ्ना जीवनका धेरै समस्या र कमजोरीको यथोचित समाधान गर्न सकिन्छ ।