काँग्रेसबाट पनि  निष्काशित, महेन्द्र मल्लको पालो !

काँग्रेसबाट पनि  निष्काशित, महेन्द्र मल्लको पालो !

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २५, २०७७

काठमाडाैँ । नेपाली काँग्रेसले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको अनुशासन उल्लङ्घन गरेकोमा निष्काशन गरेको छ ।

काँग्रेसको केन्द्रीय अनुशासन समितिको २०७७ असार २४ गते बुधबार बसेको बैठकले पार्टीको विरुद्धमा सार्वजनिक रुपमा अभिव्यक्ति दिई विधानबमोजिम अनुशासन उल्लङ्घन गरेकाले उहाँलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो ।