सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य अहिलेसम्मकै उच्च

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २५, २०७७

काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९बिहीबार० छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएको छ। गत बुधबार ९हिजो० यसको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम थियो।

यसअघि यही असार १७ गते सुनको मूल्य सर्वाधिक कायम भएको थियो। उक्त दिन छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको थियो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९१ हजार ९६५ रुपैयाँ कायम भएको छ। यसअघि हिजो यसको मूल्य ९१ हजार ६० रुपैयाँ तोकिएको थियो।

सुनको मूल्य मंगलबारयता निरन्तर उकालो लागेको छ। गत सोमबार ९० हजार २०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ९० हजार ९०० रुपैयाँ तोकिएको थियो।