१४ वर्षीया बालिकाको शव फेला, दाजु प्रहरी नियन्त्रणमा

१४ वर्षीया बालिकाको शव फेला, दाजु प्रहरी नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  अपराध  |  असार २५, २०७७

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको शव आज बिहान स्थानीय खोलामा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बुधबार साँझ स्थानीय खोलामा हराएकी बालिका सुनारको शव फेला परेको बताउनुभयो । प्रहरीले बालिकालाई कुटपिट गर्दै खोलामा धकेलेको हुनसक्ने आँकलनसहित थप अनुसन्धानका लागि बालिकाका सहोदर दाजु ३४ वर्षीय भरत सुनारलाई नियन्त्रणमा लिएको छ ।

'बालिकासँगै उनका दाजु खोलामा नुहाउन गएका थिए ।' उहाँले भन्नुभयो, 'खोज्दै हिँडेका भरतले आवेगमा आएर कुटपिट गर्दै खोलामै धकेलेको जस्तो देखिन्छ ।' उहाँले घटनाको विस्तृत अनुसन्धान भइरहेको र बालिकाको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको जानकारी दिनुभयो ।