सुनाकोठीमा नेपालको ठूलो झण्डा

सुनाकोठीमा नेपालको ठूलो झण्डा

लोकसंवाद संवाददाता  |  समाज  |  असार २५, २०७७

ललितपुर । ललितपुर महानगरपालिका वडा नं २७ स्थित सुनाकोठीमा अवस्थित श्री भृङगारेश्वरको मन्दिरको बगैंचामा राष्ट्रिय झण्डा ठड्याइएको छ । उक्त झण्डालाई  माईतीघर पछिको दोश्रो ठूलो झण्डाको रुपमा मानिएको छ । 

नेवाज् ग्रुपको आयोजना तथा सम्पूर्ण सुनाकोठिबासिहरुको समेत बिशेष सहयोगमा उक्त झन्डा रखिएको हो। झण्डाका लागि संघीय सांसद पम्फा भुषाल तथा प्रदेश ३ का सभासद राजकाजी मर्हजनले बजेट व्यवस्थापन गर्नुभएको हो । 

ढकमक्क फुलेको फूलबारीको बीचमा रहेको हरियो चौरमा उक्त झण्डा ठडिनुले सम्पूर्ण सुनाकोठी तथा राष्ट्रकै गौरव बढाएको एक स्थानीयले बताए । 

लोभलाग्दो उचाई, सुन्दर बगैंचा तथा राष्ट्रको गौरवका रुपमा ठडिएको उक्त झण्डा अवलोकन गरि देश तथा सुनाकोठीको महत्वलाई अझ गरिमामय बनाइदिन नेवाज ग्रुपले आग्रह समेत गरेको छ ।   

सुनाकोठीमा अवस्थित श्री भृङगारेश्वर महादेवको मन्दिर पशुपतिनाथ मन्दिर भन्दा पनि पुरानो मानिन्छ । यस सम्बन्धी तथ्य पुरातत्व विभागमा रहेको समेत मन्दिरका पदाधिकारीले जानकारी दिए ।