नयाँ आइजिपीले कार्यभार सम्हाले

नयाँ आइजिपीले कार्यभार सम्हाले

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २५, २०७७

काठमाडौं । नेपाल प्रहरीका आइजिपी शैलेश थापा क्षेत्रीले कार्यभार सम्हालेका छन् । एआइजी रहेका क्षेत्रीलाई मन्त्रिपरिषद् बैठकले आइजिपीमा बढुवा गरेको थियो ।

क्षेत्रीलाई आज ( असार २५ गते बिहीबार ) बिहान गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह लगाइदिएका थिए ।

आइजिपी क्षेत्रीले बिहीबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर कार्यभार सम्हालेका हुन् ।

 आइजिपीका रुपमा उनी २२ महिना पदमा रहनेछन् ।

आजै यसअघिका आइजिपी ठाकुरप्रसाद ज्ञवाली बिदाइ हुँदैछन् । उनी गत माघमा आइजिपी भएका थिए । उनको कार्यकाल पाँच महिनामात्रै रह्यो ।